०५ साउन २०८३, मंगलबार

जलवायु परिवर्तनसम्बन्धी कानून नबनाएको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा

पुस ५, २०८०
काठमाडौं
जलवायु परिवर्तनसम्बन्धी कानून नबनाएको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा
फाइल फोटो

जलवायु परिवर्तनसम्बन्धी कानून बनाउन जारी परमादेशबमोजिम कानून नबनाएको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । 

सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म कानून नबनाएको उल्लेख गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले  अवहेलना मुद्दा दायर गरेका हुन् ।

उक्त मुद्दामा यही पुस १२ गते सुनुवाइ हुनेछ ।

‘जलवायु परिवर्तनलाई अनुकूलन तथा न्यूनीकरण गर्ने सन्दर्भमा एउटा छुट्टै कानून निर्माण गरी समस्या सम्बोधन गर्न जरुरी भएकाले जलवायु परिवर्तनसम्बन्धी एकीकृत कानुन यथाशीध्र निर्माण गरी लागू गर्नू/गराउनू’, अदालतको आदेशमा भनिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्