२४ जेठ २०८३, आइतबार

बाल सङ्गठनलाई काठमाडौं महानगरको ३० लाख सहयोग

पुस ६, २०८०
काठमाडौं
बाल सङ्गठनलाई काठमाडौं महानगरको ३० लाख सहयोग

काठमाडौं महानगरपालिकाले नेपाल बाल सङ्गठनलाई ३० लाख रुपैयाँ प्रदान गरेको छ । बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि ३० लाख रकम प्रदान गरिएको हो । 

सङ्घ सरकारबाट प्राप्त हुनुपर्ने रकम समयमा उपलब्ध हुन नसकेपछि दैनिक खाना र स्वास्थ्योपचारमा समस्या भएको गुनासो सुनेपछि कामपाले उक्त रकम उपलब्ध गराएको उपप्रमुख सुनिता डङ्गोलले बताइन् । 

चालु आर्थिक वर्षमा सङ्गठनको २० प्रतिशत लागत सहभागिता हुनेगरी महानगरपालिकाले ५० लाख उपलब्ध गराउनेछ । उपप्रमुख डङ्गोलले यसमध्येको ३० लाख, सङ्गठनको अध्यक्ष विद्या न्यौपानेलाई प्रदान गरेकी हुन् । 

'लोककल्याणकारी राज्यमा बालबालिका भोकै बस्नुपर्ने अवस्था हुनुहुँदैन । बाल सङ्गठन व्यवस्थापनको मुख्य दायित्व सङ्घ सरकारका जिम्मेवार मन्त्रालयको हो । यसो भनेर हामी हाम्रो कर्तव्य छोड्दैनौँ,' उनले भनिन्, 'यसका लागि सहयोग रकम उपलब्ध गराएका हौँ ।'

सङ्गठनकी अध्यक्ष न्यौपानेले, सङ्गठनसँग अचल सम्पत्ति भए पनि चल सम्पत्तिको अभाव रहेको उल्लेख गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्