११ असार २०८३, बिहीबार

दक्षिण अफ्रिकाविरुद्धको ओडीआई सिरिज भारतलाई

पुस ६, २०८०
काठमाडौं
दक्षिण अफ्रिकाविरुद्धको ओडीआई सिरिज भारतलाई

भारतले तेस्रो तथा अन्तिम ओडीआई खेलमा दक्षिण अफ्रिकालाई ७८ रनले पराजित गरेको छ । सन्जु स्यामसनको शतक र अर्शदीप सिंहको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकालाई हराएको भारतले तीन खेलको ओडीआई सिरिज २-१ ले जितेको छ ।

जितको लागि २९७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.५ ओभरमा २१८ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका लागि ओपनर टोनी डी जोर्जीले ८१ रन बनाए । मध्य र तल्लोक्रम नचल्दा दक्षिण अफ्रिका पराजित भएको हो ।

कप्तान एडेन माक्ररम ३६, डेविड मिलर १०, हेनरिक क्लासेन २१, केशव महाराज १४ र बेउरान हेन्डिक्सले १८ रन बनाए । 

भारतका अर्शदीप सिंहले ९ ओभरमा १ मेडनसहित ३० रन खर्चेर ४ विकेट लिए । आवेश खान र वासिन्टन सुन्दरले २–२ विकेट लिए । अक्षर पटेल र मुकेश कुमारले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९६ रन बनाएको थियो । भारतको जितमा सञ्जु स्यामसनले सर्वाधिक १०८ रनको शतकीय इनिङ खेले । 

तिलक बर्मा ५२ रनमा आउट भए । रजत पाटिदार २२, साई सुदर्शन १०, लोकेश राहुल २१ र अक्षर पटेल १ रनमा आउट भए ।

salt training

कमेन्ट गर्नुहोस्