२५ जेठ २०८३, सोमबार
इनरुवा सबस्टेशन उद्घाटन

डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण गर्ने प्रधानमन्त्रीको घोषणा

पुस ६, २०८०
सुनसरी
डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने तयारी भइसकेको बताएका छन् । शुक्रबार सुनसरीस्थित इनरूवा सबस्टेशनको उद्घाटन गर्दै उनले घर र बस्तीमा बत्ती बाल्न मात्र नभई देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ उत्साहजनक कामहरू भइरहेको बताए ।

‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छ,' उनले भने, 'घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरू भइरहेका छन् ।’

प्रधानमन्त्री प्रचण्डले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्तगरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको स्मरण गरे । 

उनले देशभित्र उत्पादित विद्युत् यही खपत गर्न सरकारले केही दिन अघिमात्र विद्युत् खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‌बाट पारित गरेको स्पष्ट पारे । यसले विद्युत् खपत बढाउन ठूलो दिशानिर्देश गरेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका शहर–शहर र गाउँगाउँमा पुर्‍याउने मात्र नभई उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको बताए ।

‘वर्षको वर्षायाममा देशभित्र खपतगरी बचत भएको विद्युत् भारतर्फ निर्यातगरी १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुनु खुसीको कुरा हो ।

नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिक रूपमा लागू गर्नसमेत सहभागी राष्ट्र तयार भएकाले जलविद्युत्को अपार सम्भावना रहेको हाम्रो देशलाई ठूलो फाइदा पुग्नेछ । यसतर्फ हामीले विशेष ध्यान दिनुपर्दछ ।'

salt training

कमेन्ट गर्नुहोस्