०५ असार २०८३, शुक्रबार

यो च्याउ सुँघेर महिलामा हुन्छ अचम्मको असर !

कात्तिक २०, २०७४
यो च्याउ सुँघेर महिलामा हुन्छ अचम्मको असर !

काठमाडौं, १५ असोज — अमेरिकाको हवाई टापुमा एउटा यस्तो च्याउ छ जसलाई सुँघेर महिलाहरू कामुक हुन पुग्छन् । यो च्याउबाट दुर्गन्ध आउँछ ।


हवाईको ज्वालामुखी पर्वतको तल्लो भागमा उम्रिने यो च्याउमाथि वैज्ञानिकहरूले अनेकौं परीक्षण गरिसकेका छन् । तर यसलाई सुँघेर महिलाहरू किन उत्तेजित हुन्छन् भनी उनीहरूले पत्ता लगाउन सकेका छैनन् ।

इन्टरनेसनल जर्नल फर मेडिसिनल मशरूमका अनुसार, सन् २००१ म जोन होलिडे र नोआह सूलले यस च्याउमाथि अनुसन्धान गरेका थिए । यसमा भएको कुनै अज्ञात तत्त्वमा भएको दुर्गन्धले महिलाहरूलाई कामुक बनाउने देखियो ।

च्याउको परीक्षण १६ महिला र २० पुरुषमा गरियो । उनीहरूलाई यो सुँघ्न लगाइयो । च्याउ सुँघेको केही क्षणमा १६ मध्ये ६ महिलाको सेक्सुअल फीलिङ धेरै बढ्यो । अरू बाँकी १० जनाको मुटुको धडकन तेज भयो ।

यसको उल्टो च्याउ सुँघ्ने पुरुषलाई चाहिँ यसको गन्ध पटक्कै मन परेन । यस परीक्षणमा भाग लिएकी ब्लगर क्रिस्टी विल्कक्सले लेखेअनुसार, यो च्याउ एक हजार वर्षदेखि हवाईमा उत्पन्न भइरहेको छ ।

मेडिसिनल जर्नलका अनुसार, च्याउमा हर्मोन जस्तो कुनै तत्त्व हुनुपर्छ जसले यौनजन्य क्रियाकलापलाई उत्तेजित गर्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्