०५ असार २०८३, शुक्रबार

यो मशिनले हावाबाट पानी निकाल्छ !

कात्तिक २०, २०७४
यो मशिनले हावाबाट पानी निकाल्छ !

काठमाडौं, १५ असोज — जल नै जीवन हो । यो भनाइ धेरै पुरानो हो ।


तेस्रो विश्वयुद्ध पानीकै लागि हुनेछ । यो कुरा पनि कैयौं दशकदेखि सुनिँदै आएको छ ।

अहिले संसारको जनसंख्या लगभग सात अर्ब छ र तीव्रताका साथ बढिरहेको छ । सबै मानिसलाई कसरी पानी पु–याउन सकिन्छ त ?

नदीका धारहरू कम हुँदै गइरहेका छन् । ताल, पोखरी र इनारहरू सुकिरहेका छन् । पानीको चरम अभाव छ ।

शहरमा पानी थाप्नेहरूको लामो लाइन देखिन्छ । गर्मीमा पानीका लागि रक्तरञ्जित लडाईं भइरहेका छन् ।

धेरै देशमा पानीको वितरणका सम्बन्धमा तनाव बढिरहेको छ ।

वर्षा कम हुँदा अन्नबाली सुकिरहेका छन् । सुक्खाका कारण किसानहरू बर्बाद भइरहेका छन् ।

संसारमा १६० देशहरू पानीका लागि अन्य देशप्रति निर्भर छन् । उनीहरू पानी आयात गर्छन् ।

विज्ञहरू यस समस्याको समाधान खोजिरहेका छन् । यस्तै एक विशेषज्ञ हुन् जेनिया टाटा । उनी एक्सप्राइज नामक संस्थामा आबद्ध छिन् । उक्त संस्थाले प्रविधिको सहायताले पानीको अभाव पूरा गर्ने लक्ष्य लिएको छ ।


जेनियाका अनुसार, उनको संस्थाले साढे सत्र लाख डलरको एक पुरस्कार स्थापना गरेर संसारभरिका इन्जिनियरहरूलाई हावामा भएको आर्द्रताबाट पानी निकाल्न सक्ने मशिन बनाउने चुनौती दिएको छ ।

एक्सप्राइजले दिनदिनै हावाबाट दुई हजार लिटर पानी निकाल्न सक्ने मशिन बनाउने कोशिश गरिरहेको छ । यो मशिन हावा वा सौर्यशक्तिबाट चल्छ ।

इन्जिनियरहरूले यस्तो मशिन बनाए भने जम्मा एक रुपैयाँमा एक लिटर पानी निकाल्न सकिन्छ । गरीबहरूलाई पानीको आवश्यकता पूरा गर्न यसले ठूलै सहायता गर्ने देखिन्छ ।

यस परियोजनाअन्तर्गत बन्ने मशिन सन् २०१८ को अगस्ट महिनामा संसारसमक्ष ल्याइनेछ ।

हावाबाट पानी निकाल्ने काम अचम्मलाग्दो जस्तो देखिएपनि अनुसन्धानकर्ताहरू यसमाथि धेरै दिनदेखि काम गरिरहेका छन् ।

अमेरिकाको बर्कलेस्थित क्यालिफोर्निया विश्वविद्यालयका उमर यागीले धातुहरूबाट स्पन्ज जस्तो देखिनै पाउडर तयार पारेका छन् । त्यसले आफ्ना छिद्रहरूमा हावाबाट पानी सोसेर जम्मा पार्छ ।

यागीको अनुभवले के देखाउँछ भने एक किलो पाउडरबाट १२ घन्टामा तीन लिटर पानी हावाबाट सोस्न सकिन्छ ।


संसारमा केही ठाउँमा प्रायः पानी परिरहन्छ । त्यहाँ हावामा आर्द्रता रहन्छ । त्यस्तो ठाउँमा यो पाउडरले अझै बढी पानी निकाल्न सक्छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्