काठमाडौं १५ असोज – राप्रपा परित्याग गरेर एमाले प्रवेश गरेकी चर्चित लोक गायिका कोमव वलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दशैंको टीका लगाएकी छिन् ।

टीका थाप्न शनिवार साँझ ओली बालकोट पुगेकी थिइन् । टीका लगाइदिदै अध्यक्ष ओलीले कोमल पूरानो राजनीति कार्यकर्ता नभएपनि नेपालको एउटा प्रतिभा भएको बताए ।
‘कोमल वलीसंग मैलेपनि कुरा गरेको हुँ, बार्गेनिङरेर आएको होइन’ ओलीले भने ‘देश र जनताको लागि केही गर्छु भन्ने मान्छेलाई कसरी काम लगाउने भन्ने कुरा पार्टीले विचार गर्नेछ ।’
लामो समय रेडियो नेपालमा काम गरेकी वली सक्रिय राजनीतिमा लाग्ने भन्दै राप्रपा प्रवेश गरेपछि जागिर छाडेकी थिइन् । वली केही दिन पहिले एमाले प्रवेश गरेकी हुन् । उनी दाङबाट प्रदेश सभा चुनाव लड्ने चर्चा छ ।