०४ साउन २०८३, सोमबार

के आखिरी आईपीएल खेल्दैछन् धोनी ?

पुस ८, २०८०
काठमाडौं
के आखिरी आईपीएल खेल्दैछन् धोनी ?

विश्वकै महँगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आपीएल) शुरू हुन तीन महिना बाँकी छ । चेन्नई सुपर किंग्स (सीएसके)का कप्तान स्टार खेलाडी महेंद्र सिंह धोनी आईपीएलका सबै खेल खेल्ने पूराना खेलाडी हुन् । 

तर, पछिल्ला केही शृंखलादेखि 'यो नै उनको अन्तिम आईपीएल हुने' चर्चा हुँदैछ आएको छ । अर्थात् यसपछि उनले आईपीएल नखेल्ने चर्चा पछिल्ला हरेक सिजनमा हुन्छ । 

अहिले पनि फेरि चर्चा सुरु भएको छ, के धोनीको यो अन्तिम आईपीएल हो ? शनिबार यही सवाल सीएसकेका सीईओ काशी विश्वनाथनसँग सोधियो ।

इंडियन एक्सप्रेसका अनुसार चेन्नईमा जुनियर सीएसके लन्चिङ कार्यक्रममा उनले भने, 'यसबारे मलाई धेरै थाहा छैन । जहासम्म कप्तानीको कुरा छ त्यो उहाँ (धोनी)लाई नै थाहा होला । उहाँ के चाहनुहुन्छ म जान्दिनँ ।'

घुँडाको शल्यक्रियापछि धोनीले राम्रो गरिरहेको सीईओ विश्वनाथनले बताए ।

आफ्नो टीमको लागि आईपीएल २०२३ ट्रफी जितेपछि धोनीले छ महिनाअघि मुम्बईको एक अस्पतालमा आफ्नो बायाँ घुँडाको शल्यक्रिया गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्