०८ साउन २०८३, शुक्रबार

नेपाल वायुसेवा निगम र थाई एयरवेजबीच ग्राउन्ड ह्यान्डलिङ सम्झौता

८० थान ग्राउन्ड ह्यान्डलिङ इक्विपमेन्टसमेत निगमलाई  प्रदान
पुस ८, २०८०
काठमाडौं
नेपाल वायुसेवा निगम र थाई एयरवेजबीच ग्राउन्ड ह्यान्डलिङ सम्झौता

नेपाल वायुसेवा निगम र थाई एयरवेजबीच ग्राउन्ड  ह्यान्डलिङ सम्झौता भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि आफ्नो उडानको सेल्फ ह्यान्डलिङ गर्दै आएको थाई एयरवेजले हाल आएर नेपाल वायुसेवा निगमसँग ग्राउन्ड  ह्यान्डलिङ  सेवा लिन सम्झौता गरेको हो । 

जसअनुसार २९ अक्टोबरमा सम्झौता भई निगमले थाई एयरवेजको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएकामा थाई एयरवेजले आफूसँग रहेको ८० थान ग्राउन्ड ह्यान्डलिङ इक्विपमेन्टसमेत निगमलाई  प्रदान गर्न चाहेको थियो । जसअनुसार बमोजिम मंसिर ३० मा हक हस्तान्तरण सम्झौता पनि सम्पन्न भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उक्त सम्झौतामा निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारीले र थाई एयरवेजको तर्फबाट थाई एयरवेजका वेष्टन एन्ड मिडिल इष्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

निगमले गर्ने ग्राउन्ड  ह्यान्डलिङ  सेवा ‘आईएटीए सेफ्टी अडिट फर ग्राउन्ड अवरेसन्स’ (आईएसएजीओ) प्रमाणित भएको पौडेलले बताए ।  निगमको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थाई सरकार तथा राष्ट्रिय ध्वजावाहक थाई एयरवेजले गरेको विश्वास प्रति निगमले आभार समेत प्रकट गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्