२३ असार २०८३, मंगलबार

नेपाल वायुसेवा निगम र थाई एयरवेजबीच ग्राउण्ड ह्याडलिङ सम्झौता

पुस ८, २०८०
काठमाडौं
नेपाल वायुसेवा निगम र थाई एयरवेजबीच ग्राउण्ड ह्याडलिङ सम्झौता

नेपाल वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्याडलिङ सम्झौता भएको छ ।

सम्झौतामा आइतवार निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाई एयरवेजको तर्फबाट वेस्टर्न एण्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेका हुन् ।

नेपालको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि उडानको सेल्फ ह्याडलिङ गर्दै आएको थाई एयरवेजले सेल्फ ह्याडलिङ गर्न छोडी निगमसँग सम्झौता गरेको छ 

ग्राउण्ड ह्याण्डलिङ सेवालाई अझै राम्रो बनाउन थाई एयरवेजले ८० थान ग्राम ग्राउण्ड ह्याण्डलिङ सम्बन्धित सामग्रीसमेत निगमलाई हस्तान्तरण गरेको निगमका प्रवक्ता रमेश पौडेलले आइतवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

हेरौं विज्ञप्तिः 

null
 

salt training

कमेन्ट गर्नुहोस्