काठमाडौं १५ असोज– विद्यार्थी नेत्री मानुषी यमी भट्टराइले दशैंको अबसरमा सेलरोटी पकाएको फोटो सामाजिक सञ्जाल फेसबुकमा राखेपछि पिता पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले परम्परागत गाउँले वुहारीको नयाँ अवतारमा पनि उत्तिकै उत्कृष्टता हासिल गरेको भन्दै शुभकामना दिएका छन् ।

‘रमाईलो र स्वादिलो दशैं ।
आमाहरूको मेहनती हात र अनिदा आँखाहरू !
सेल रोटी पकाएको पहिलो अनुभूति ।’ भन्दै मानुषीले फेसबुकमा फोटो राखेकी थिइन् । ग्रामीण परिवेशमा चामल पिसेर सेलरोटी पकाउँदै गरेको फोटो उनले फेसबुकमा राखेकी छिन् ।
‘धेरै धेरै वधाइ, मानुषी, परम्परागत गाउँले वुहारीको नयाँ अवतारमा पनि उत्तिकै उत्कृष्टता हासिल गरेकोमा !’ बाबुरामले लेखेका छन् ।

नयाँ शक्ति निकट विद्यार्थी संगठनमा आबद्ध मानुषी भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययनरत छिन् । मानुषीले गोरखाका जेकेन्द्र श्रेष्ठसंग विबाह गरेकी थिइन् ।