०५ साउन २०८३, मंगलबार

सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

पुस ९, २०८०
बुटवल
सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ ।​​​​​​​

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको कामलाई तीव्रता दिन यही पुस १६ गतेदेखि सय दिनसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।​

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेका अनुसार सुरुङ मार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टनेल एक/दुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएका कारण राजमार्गको सिद्धबाबा खण्ड बन्द गर्न लागिएको हो ।

सो मितिमा राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने छ ।

null

एम्बुलेन्सलगायत अत्यावस्यक गाडीलाई भने रोक लगाइने छैन । सुरुङ निर्माण थालेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेसनले सुरुङ निर्माणका क्रममा यातायात सञ्चालन हुँदा जोखिम हुने भएकाले सडक बन्द गर्ने निर्णय गरिएको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सडक बन्द हुने विषयको सूचना प्रभावकारी रुपमा सम्प्रेषण गरी सम्बन्धित नियामक निकाय, समन्वय गर्ने निकाय, यातायात सेवा कम्पनी, राजमार्ग प्रयोगकर्तालाई जानकारी गराइने निर्णय गरेको छ ।​

सिद्धबाबामा सुरुङ मार्ग निर्माण कार्यको पूर्व तयारीको काम रामापिथेकस पार्क र पाल्पातर्फको माथिल्लो सिद्धबाबा क्षेत्रमा डाइभर्सन निर्माणको काम भइरहेका इन्जिनियर युधिष्टिर पन्थीले जानकारी दिए ।

null

आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र हलुका सवारी साधनहरू दोभानदेखि नुवाकोट हुँदै बेलबास जान सकिन्छ ।

सिद्धबाबामा सुरुङ मार्ग निर्माणको जिम्मा पाएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङ मार्गको ठेक्का पाएर एक वर्षअघिदेखि काम सुरु गरेको छ ।

सुरुङ मार्गको दूरी दोभानदेखि सिद्धबाबासम्म एक हजार एक सय २६ मिटरको रहनेछ । अहिले सञ्चालनमा रहेको सडकमा भने रकनेट र रकसेडका काम हुनेछन् ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्