०८ साउन २०८३, शुक्रबार

जसपामा खस संघ केन्द्रीय समिति गठन हुँदै

पुस ९, २०८०
काठमाडौं
जसपामा खस संघ केन्द्रीय समिति गठन हुँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालले खसहरुको संगठन गठन गर्ने भएको छ । 

काठमाडौँमा पार्टीसम्बद्ध केन्द्रीय नेताहरुको भेलाबाट सातै प्रदेशबाट प्रतिनिधि समेटेर समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति गठन गर्ने निर्णय भएको हो । भेलाबाट प्रेमनारायण थापा, दुर्गा सुवेदी र रामबहादुर जाग्री रहेको तयारी समिति गठन भएको छ । उक्त भेलामा पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, महिला विभाग प्रमुख लिला सिटौला, केन्द्रीय सदस्यहरु प्रचण्ड पौडेल, अर्जुन लम्साललगायत उपस्थित रहेका थिए । समिति गठनको लागि पुस २१ गते ललितपुरमा भेला बोलाइएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आमन्त्रण गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्