१० साउन २०८३, आइतबार

राष्ट्रिय खुल्ला तेक्वान्दोको उपाधि आर्मीले जित्यो

पुस ९, २०८०
काठमाडौं
राष्ट्रिय खुल्ला तेक्वान्दोको उपाधि आर्मीले जित्यो

कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा भएको तेस्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ । चितवनको भरतपुर कभर्ड हलमा आज सम्पन्न प्रतियोगितामा आर्मी प्रथम भएको हो ।

दश स्वर्ण, चार रजत र चार कास्यसहित १८ वटा पदक जितेर आर्मी प्रतियोगिताको विजेता बनेको छ । आर्मीले नगद रु एक लाख पुरस्कार प्राप्त गरेको प्रतियोगिताका संयोजक रमेश कार्कीले जानकारी दिए । प्रतियोगितामा उपविजेता बनेको बुटवल तेक्वान्दो डोजाङले नौ स्वर्ण, दुई रजत र चार कास्यसहित १५ वटा पदक जितेको छ । बुटवलले नगद रु ५० हजार पुरस्कार प्राप्त गरेको कार्कीले बताए। 

    त्यस्तै, तेस्रो भएको एपिएफले चार स्वर्ण र तीन कास्यसहित सातवटा पदक जितेको छ । एपिएफले नगद रु २५ हजार प्राप्त गरेको छ । उक्त प्रतियोगिता कूल ४६ स्वर्ण, ४६ रजत र ९२ कास्य पदकका लागि भएको थियो ।

    प्रतियोगिताको पुम्सेतर्फ पनि नेपाल आर्मी प्रथम भएको छ । आर्मीले रु २० हजार नगद प्राप्त गरेको छ भने दोस्रो भएको एपिएफले रु १० हजार र तेस्रो भएको चितवन तेक्वान्दो डोजाङले नगद रु पाँच हजार पाएको छ । प्रतियोगितामा बुटवल तेक्वान्दोका महिला र पुरुष दुवै खेलाडी उत्कृष्ट घोषित भएका छन् । बुटवलले महिला र पुरुष दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै रु १०/१० हजार नगद पुरस्कार प्राप्त गरेको छ । 

प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मेडल तथा पुरस्कार प्रदान गरिन् । उनले भरतपुर खेलकुदको हबका रुपमा विकास हुँदै गएको दाबी गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्