२५ असार २०८३, बिहीबार

सुदूरपश्चिमको पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान

पुस ९, २०८०
काठमाडौं
सुदूरपश्चिमको पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान

सुदूरपश्चिम सरकारले प्रदेशमा पर्यटनका प्रचुर सम्भावना भएकाले लगानी गर्न आह्वान गरेको छ । काठमाडौँमा आज सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयक अन्तरक्रियामा प्रदेश सरकारले लगानीको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानी गर्न आह्वान गरेको हो । 

नेपाली कांग्रेसकी नेत्री तथा प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा आरजु राणा देउवाले सुदूरपश्चिम प्राकृतिक स्रोत, संस्कृति तथा वेशभूषामा सम्पन्न भएको उल्लेख गर्दै भौतिक पूर्वाधारको विकास भइरहेको बताइन् । 

क्षेत्रको पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्नेमा जोड दिँदै उनले भनिन्, “दिगो पर्यटन विकासका लागि समुदायमा आधारित पर्यटन विकासलाई जोड दिनुपर्दछ । यसका लागि हामीले स्थानीय समुदायमा जनचेतना जगाउने र उनीहरूलाई पर्यटन क्षेत्रबाट आम्दानी गर्न सकिन्छ भन्ने बुझाउन जरुरी छ ।” 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा जन्मिएर देश र विदेशमा विभिन्न पद र ओहदामा बसेकाहरूले आफ्नो अनुभव, बौद्धिक, भौतिक, आर्थिक लगानीलाई सुदूरपश्चिममा लगानी गर्न आह्वान गरे । 

सुदूरपश्चिमका पर्यटनमन्त्री रमेश धामीले सङ्घ सरकारले सुदूरपश्चिममा लगानी गर्नुपर्छ भन्ने महसुस गर्न नसकेकोप्रति दुःख व्यक्त गर्दै निजी क्षेत्रलाई लगानीका लागि आह्वान गरे ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सरकारले लगानी सम्मेलन गर्न लागेको उल्लेख गर्दै प्रदेशलाई आफ्ना योजनाहरु प्रस्तुत गर्न आग्रह गरे । 

त्यसैगरी, नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुणाकर भट्टले आन्तरिक लगानीलाई मात्रै पनि परिचालन गर्न सकेको अवस्थामा सुदूरपश्चिमको पर्यटन विकासका लागि धेरै समय नलाग्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्