२४ असार २०८३, बुधबार

दक्षिण कोरियाको अपार्टमेन्टमा आगलागीः २ जनाको मृत्यु २९ घाइते

पुस १०, २०८०
काठमाडौं
दक्षिण कोरियाको अपार्टमेन्टमा आगलागीः २ जनाको मृत्यु २९ घाइते

सियोल–दक्षिण कोरियाको राजधानी सियोलस्थित २७ तले अपार्टमेन्ट भवनको तेस्रो तल्लामा सोमवार भएको आगलागीमा दुई जनाको मृत्यु हुनुका साथै २९ जना घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । 

स्थानीय समयअनुसार बिहान ४ः ५७ बजे शुरू भएको आगलागीमा परी घाइते भएका ३० बर्षीय दुई पुरुष र एक ७० बर्षीय महिलालाई अस्पताल लगिएको थियो भने उनीहरूमध्ये दुई जनाको मृत्यु भएको हो । 

आगलागीबाट निस्किएको धुुवाँका कारण श्वासप्रश्वासका लागि अक्सिजन कमी भई अर्धचेत अवस्थामा उद्धार गरिएका २८ जनामध्ये २० जनालाई  उपचारको लागि अस्पताल भर्ना गरिएको छ भने आठ जना सामान्य उपचारपछि घर फर्किएका छन् । 

करिब दुई सयभन्दा बढी कर्मचारी तथा ५७ वटा दमकलको सहयोगमा तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारणबारे प्रहरी अनुसन्धान शुरू भइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्