२७ असार २०८३, शनिबार
सरकारको वार्षिकी

प्रधानमन्त्रीका रुपमा प्रचण्डको १ वर्षः राष्ट्रका नाममा सम्बोधन गर्दै

पुस १०, २०८०
काठमाडौं
प्रधानमन्त्रीका रुपमा प्रचण्डको १ वर्षः राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलवार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

आफू नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले दिउँसो ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

यसअघि ३ बजेलाई तय भएको सम्बोधन २ घण्टा पछि सरेर ५ बजेसम्म पुगेको हो । सम्बोधन मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारबाट हुनेछ । 

प्रधानमन्त्री प्रचण्डले शनिवार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै एक वर्ष पुगेको दिन नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठूलो सम्बोधन गर्ने बताएका थिए । अर्को वर्ष आफू नेतृत्वको सरकारले नयाँ ढंगले काम गर्ने पनि उनले बताए ।

गत वर्षको पुस १० गते प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

नेकपा (एमाले)सहितको समर्थनमा प्रचण्डप्रधानमन्त्री बनेका थिए । तर, राष्ट्रपतिको निर्वाचनसँगै एमाले सरकारबाट बाहिरिएको थियो । हाल प्रचण्ड सरकारलाई नेपाली कांग्रेसहितका दलहरूको समर्थन छ । 

salt training

कमेन्ट गर्नुहोस्