
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक मङ्गलवार बस्ने भएको छ ।
राष्ट्रियसभा सदस्यका उम्मेदवारको नाम टुङ्गो लगाउनका लागि पार्टी कार्यालय बालकुमारीमा मङ्गलवार बिहान १० बजेदेखि बैठक बस्ने भएको हो ।
बैठकले आगामी पुस २५ गतेदेखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि शुरू हुने केन्द्रीय समितिको बैठकको तयारीका विषयमा छलफल गर्नेछ ।
यस्तै पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।