२६ असार २०८३, शुक्रबार

२४ करोड सामाजिक सुरक्षा भत्ता वितरण

कात्तिक २०, २०७४
२४ करोड सामाजिक सुरक्षा भत्ता वितरण


दमौली, १६ असोज - तनहुँ जिल्लामा गत आर्थिक वर्षमा रु २३ करोड ८८ लाख ६६ हजार ८१७ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।money

ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्ण अशक्त अपाङ्गता, आंशिक तथा अति अशक्त अपाङ्गता, ज्येष्ठ नागरिक (दलित), ५ वर्षमुनिका विपन्न दलित बालबालिकाका लागि सो रकम भत्ता वितरण गरिएको हो । तीन हजार चार ज्येष्ठ नागरिक (दलित), आठ हजार ९०८ ज्येष्ठ नागरिक, ६ हजार ७०८ एकल विधवा, ३४३ पूर्ण अपाङ्ग, दुई हजार ८११ विपन्न दलितलाई भत्ता र ७० वर्ष नाघेका ११ हजार ६७० जनालाई उपचार खर्चका लागि सो रकम भत्ता वितरण गरिएको जिल्ला समन्वय समितिका पञ्जीकरण शाखाका खरिदार एकबहादुर राना मगरले बताउनुभयो ।

बैकिङ प्रणालीबाट भत्ता वितरण गर्दा ज्येष्ठ नागरिकले सास्ती खेप्नु परेको बताइएको छ । अघिल्लो आवमा पनि तनहुँमा सोही हाराहारीमा भत्ता वितरण गरिएको थियो । भत्ता रकमले आफ्नो जीविकोपार्जनमा सहयोग पुगेको ज्येष्ठ नागरिकले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्