
पोखरामा बिनाअनुमति ड्रोन उडाएको आरोपमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय चेन देङ सेन रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
पोखरा महानगर– १, टुँडिखेलमा अनुमतिबिना ड्रोन उडाइरहेको सूचनाका आधारमा चेनलाई पक्राउ गरिएको बताइएको छ ।
उनलाई ड्रोनसहित नियन्त्रणमा लिएर नेपाल नागरिक उड्ड्यन प्राधिकरण पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
