
हिमालयन डिष्टिलरी लिमिटेडले ओक सिरिजलाई विस्तारित गर्दै सिल्भर ओक नामक ह्वाइट स्पिरिटमा नयाँ ब्राण्डको मदिरा लन्च गरेको छ । नयाँ उत्पादनले नवीनता र ग्राहक सन्तुष्टिप्रतिको तिबद्धता झल्काउने कम्पनीको दाबी छ ।
हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओक जस्ता चर्चित ब्रान्डहरू यसअघि नै नेपाली बजारमा ल्याइसकेको छ । नयाँ उत्पादन सिल्भर ओकले उपभोक्ता माझ फरक स्वाद र अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।
हिमालयन डिस्टिलरीका सीईओ निरज सुवेदीले नयाँ उत्पादनबारे भने, 'एचडीएले उपभोक्ता केन्द्रित इनोवेशनमा मजबुतीका साथ कार्य गर्ने गरेको छ । जसका कारण हामीले बजारको गतिशीलता बुझ्न र नयाँ अन्तर्दृष्टि प्राप्त गर्नेतर्फ निरन्तर अनुसन्धानमा संलग्न छौं । सिल्भर ओकले उपभोक्तालाई अलगै वर्गको छुट्टै स्वाद प्रदान गर्नुको साथै बजारमा हाम्रो उपस्थितिलाई उल्लेखीय रुपमा बद्धोतरी हुने तपÞर्m हामी आस्वस्त रहेका छौ ।'
हाल सिल्भर ओक ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलहरूमा बजारमा उपलब्ध छ ।