
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको मुद्दाको सुनुवाइ नसकिएपछि बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीकै तर्फबाट बयान नसकिएपछि मुद्दालाई बिहीवार पनि हेर्दाहेर्दैमा राखिएको हो ।
आइतवारदेखि अन्तिम सुनुवाइ शुरू भएको मुद्दामा बिहीवार आदेश आउन सक्ने अपेक्षा थियो ।
प्रतिवादीको बहस नसकिएको र जवाफी बहस समेत बाँकी नै रहेको अवस्थामा शुक्रवार पुन: सुनुवाइ हुनेछ ।
लामिछानेमाथि नाबालिक बलात्कारको अभियोग छ ।