२३ असार २०८३, मंगलबार

नाडाको अध्यक्षमा चौधरीलाई डल्लाकोटीको पनि समर्थन

पुस १२, २०८०
काठमाडौं
नाडाको अध्यक्षमा चौधरीलाई डल्लाकोटीको पनि समर्थन

नेपाली अटोमोबाइल व्यवसायीहरूको छाता संस्था ‘नाडा अटोमोबाइल एसोसिएसन नेपाल’को अध्यक्षमा करण चौधरीलाई पूर्वउपाध्यक्ष नवराज डल्लाकोटीको पनि समर्थन जुटेको छ ।  

बिहीवार चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीबीच कुरा मिलेपछि डल्लाकोटीको पनि सहमति जुटेको हो ।

यसअघि अध्यक्षमा चौधरी र वरिष्ठ उपाध्यक्षमा कपुरी हुने तय भएको थियो । पछिल्लो समयमा सो सहमतिविरुद्ध नाडाका पूर्वउपाध्यक्ष डल्लाकोटीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि फेरि चुनावी पक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो । सो घोषणापछि नाडाको नेतृत्व चयन गर्ने पक्रिया थप जटिल बनेको थियो ।

तर बिहीवार नाडाका नेतृत्व अहिले को समयमा चुनाबी प्रक्रियाभन्दा सहमतिमै चयन हुनुपर्छ भन्ने धारण अनुरुप डल्लाकोटीले पनि चौधरीलाई नै अध्यक्षको रुपमा समर्थन गरेको नाडा स्रोतले जनाएको छ ।

सो समर्थनपछि करण चौधरी नै नाडाको अध्यक्ष हुने फेरि पक्का भएको छ भने चुनाव भने नहुने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्