२७ जेठ २०८३, बुधबार

सामसङले ल्यायो ग्यालेक्सी ए२५ फाइफ जी

पुस १२, २०८०
काठमाडौं
सामसङले ल्यायो ग्यालेक्सी ए२५ फाइफ जी

सामसङले नेपाली बजारमा ग्यालेक्सी ए२५ फाइभ जी ल्याएको छ । यो अत्यन्त छिटो चार्ज हुने, धेरै समय चलिरहने ब्याट्रीको साथसाथै लामो समयका लागि अद्यावधिक ओएस युक्त स्मार्टफोन रहेको कम्पनीले जनाएको छ । 

यो स्मार्टफोनले फुल एचडी प्लस रिजोलुसन र भिजन बुस्टरका साथ ६.५ इन्चको सतहयुक्त सुपर एमोएलइडी स्क्रिन प्रदान गरेको छ । यस फोनको अगाडि पट्टि १३ एमपीको सेल्फी क्यामराजडित छ । 

पछाडि ओआईएस र भीडीआईएस (ईआईएस)युक्त ५० एमपीको मुख्य क्यामरा रहेको छ । जसले प्रयोगकर्ताहरुलाई स्थिर, धमिलोरहित फोटो र भिडियो खिच्न सहयोग गर्नेछ । यसका साथै यसमा ८ एमपी अल्ट्रा वाइड कयामरा र २ एमपी म्याक्रो क्यामरा पनि अतिरिक्त रहेको छ ।

यस स्मार्टफोनमा एक्सीनोस १२८० प्रोसेसर जडित छ । यसमा १२० हर्जको फोन रिफ्रेस दर पनि रहेको हुँदा सञ्चालन प्रणाली निर्वाध सुचारु रहन्छ । सामसङ ग्यालेक्सी ए२५ फाइभ जीसँग सामसङ नक्स भल्टको साथ छ । जसले फोनलाई कुनै पनि हार्डवेयरको आक्रमणले छुन दिँदैन ।

null

ग्यालेक्सी ए २५ फाइभ जीको ५ हजार एमएएच ब्याट्री रहेको छ भने २५ वाटको टाइप सी चार्जरको सहायताले तुरुन्तै रिचार्जसमेत गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले ग्यालेक्सी ए२५ ५जी दुई थरीको ८जीबी ¥याम र १२८–२५६ आन्तरिक स्टोरेजमा उपलब्ध गराएको छ । 

यसमा माइक्रो एसडी कार्डको प्रयोग गरी थप १ टिबिसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ । यो फोन गाढा निलो, निलो र पहेंलो गरी ३ रंगमा उपलब्ध छ । यो स्मार्टफोन हाल ८-१२८ जीबीका लागि ४० हजार ९९९ र ८-२५६ जीबीका लागि ४४ हजार ९९९ रुपैयाँ बजार मूल्य तोकिएको छ । 

ग्राहकले देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्समार्फत् शून्य प्रतिशत ब्याजदरमा सजिलो मासिक किस्ता तिरेर मोबाइल लिन सक्नेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्