२३ जेठ २०८३, शनिबार

रेजेडआर हाइब्रिड १२५ ले एनएसएलमा उपलब्ध गरायो हेल्मेट र्‍याक

पुस १२, २०८०
काठमाडौं
रेजेडआर हाइब्रिड १२५ ले एनएसएलमा उपलब्ध गरायो हेल्मेट र्‍याक

दुईपाङ्ग्रे सवारीसाधनको दुनियाँमा चिनिएको रेजेडआर हाइब्रिड १२५ ले जारी नेपाल सुपर लिग (एनएसएल) फूटबललाई हेल्मेट र्‍याकहरू उपलब्ध गराएको छ । यस पहलकदमीले सुरक्षाको प्राथमिकता र खेलाडी तथा प्रशंसकहरूको सुविधा बढाउने कम्पनीको अटल प्रतिबद्धता झल्काउने विश्वास कम्पनीले लिएको छ ।

‘एनएसएलले फूटबल प्रेमीहरूलाई मोहित तुल्याइरहेको बेला रेजेडआर हाइब्रिड १२५ को यो नौलो पहलकदमी हो । दर्शकले खेलको मजा लिँदैगर्दा फ्यानहरूलाई हेल्मेट राख्नका लागि सुविधाजनक स्थान उपलब्ध हुनेछ,’ कम्पनीले भनेको छ ।

यसले रङ्गशालामा पुग्ने फूटबलप्रेमीसँग आफ्नो हेडगियर राख्न सुरक्षित र पहुँचयोग्य ठाउँको सुनिश्चितता प्रदान गर्ने पनि कम्पनीले जनाएको छ ।

‘फूटबल खेललाई माया गर्ने भावुक प्रशंसकहरूको सम्मानस्वरूप यामाहा रेजेडआर हाइब्रिड र केटीएम रेजेडआर्सले उत्साहपूर्वक यसको पहलकदमी लिएका हुन्,’ कम्पनीले उल्लेख गरेको छ ।

नेपाली खेलकुद र विशेषगरी फूटबललाई समर्थन गर्ने लामो इतिहास बोकेको यामाहा ए डिभिजन लिगमा समेत सक्रिय रुपमा संलग्न छ ।

हेल्मेट र्‍याकको स्थापनाले फ्यानहरूमा फूटबलको रोमाञ्च अझै बढ्ने विश्वास यामाहाको एमएडब्लू टू ह्वीलर डिभिजनका अधिकारीहरूले लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्