०५ साउन २०८३, मंगलबार

२०० किलो आखेटोपहारसहित सङ्खुवासभाबाट २ जना पक्राउ

पुस १२, २०८०
काठमाडौं
२०० किलो आखेटोपहारसहित सङ्खुवासभाबाट २ जना पक्राउ

किमाथाङ्का– सङ्खुवासभा प्रहरीले मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुर्लभ जङ्गली जनावर सालकको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ । 

आखेटोपहारसहित पक्राउ पर्नेमा भोटखोला गाउँपालिका –२ रिदाकका ३५ वर्षीय छिरिङ भोटेसहित एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । पक्राउ परेकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन ।

भोटखोला गाउँपालिका–२ च्याम्ताङबाट बिहीवार राति  दुई सय किलो दुर्लभ सालकको आखेटोपहारसहित पक्राउ परेका भोटखोला –२ का छिरिङ र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकालाई शुक्रवार साँझसम्ममा सदरमुकाम खाँदबारी ल्याइने प्रहरीले जनाएको छ । उनीहरूलाई सदरमुकाम ल्याएपछि पत्रकार सम्मेलन गरिने उक्त कार्यालयले बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्