२३ जेठ २०८३, शनिबार

नयाँ दिल्लीस्थित इजरायली दूतावासमा विष्फोटको सूचनापछि अर्धसैनिक बल तैनाथ

पुस १२, २०८०
काठमाडौं
नयाँ दिल्लीस्थित इजरायली दूतावासमा विष्फोटको सूचनापछि अर्धसैनिक बल तैनाथ

नयाँ दिल्ली– भारतको नयाँ दिल्लीस्थित इजरायली दूतावास बाहिरी क्षेत्रमा विष्फोट भएको सूचनापछि अर्धसैनिक बल दूताबास बाहिरको क्षेत्रमा तैनाथ गरिएको छ । 

प्रहरीका अनुसार दूताबासमा दुई दिन पहिले विस्फोट भएको भन्ने खबर प्रहरीलाई आएपछि प्रहरी त्यहाँ पुगेको हो । 

दूतावास क्षेत्र वरिपरि बिहीवार आवतजावत प्रतिबन्धितको साथै अर्धसैनिक बलहरूको तैनाथी गरेको  दृश्यहरू देखिएका छन् ।  

दिल्ली प्रहरीलाई मङ्गलवार चाणक्यपुरी कूटनीतिक क्षेत्रस्थित इजरायली दूतावास नजिकै ‘विष्फोट’ भएको फोन आएको थियो । तर अधिकारीहरूले घटनास्थलमा त्यस्तो केही नभेटिएको बताएका थिए ।  विष्पोट भएको सूचनासहितको फोन दिल्ली फायर सर्भिसले साँझ छ बजे प्राप्त गरेको थियो ।

बुधवार घटनाको छानबिन गर्न राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) लाई खटाइएको थियो ।

अनुसन्धानका लागी दिल्ली  प्रहरीले सीसीटीभी फुटेज जाँच पछि दुई ‘संदिग्ध’ लाई नियन्त्रण गरेको छ । यद्यपी अधिकारीहरूले उनीहरूको संलग्नता भने पुष्टि गरेका छैनन् ।

स्रोतका अनुसार मङ्गलवार साँझ इजरायली दूतावासनजिकै घुमिरहेका दुई व्यक्ति ‘विष्फोट’ घटनाका शङ्कास्पद व्यक्तिका रूपमा देखा परेका छन् ।

स्रोतका अनुसार ‘सीसीटीभी फुटेजमा दुईजना व्यक्तिहरू घटनाको समयमा उक्त क्षेत्रमा घुमिरहेका देखिन्छन् । घटनामा उनीहरूको भूमिका भने अझै प्रष्ट हुन सकेको छैन । थप अनुसन्धानपछि उनीहरू घटनाको समयमा त्यस क्षेत्रमा के गर्दै थिए प्रष्ट हुनेछ ।  

प्रहरीले  संदिग्ध व्यक्ति कसरी त्यहाँ पुगे र के गरे भन्ने पत्ता लगाउन वरपरका सीसीटीभी जाँच गरिरहेको छ । प्रहरीले उनीहरूकोे पहिचानको लागि पनि प्रयास गरिरहेको  बताएको छ । 

दिल्ली प्रहरीले मङ्गलवार साँझ ‘विष्फोट’बारे जानकारी सम्बन्धमा इजरायल दूतावास नजिकै राजदूतलाई सम्बोधन गरेको पत्र फेला पारेको छ । 

‘जरायली दूतावासलाई अङ्ग्रेजीमा लेखेको  पत्रमा  धम्कीपूर्ण शब्दहरू प्रयोग गरिएको थियो । चिठीमा नाम लेखिएको समूह सर अल्लाह रेजिस्टेन्सको खोजी भएको स्रोतले बताएको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्