२४ जेठ २०८३, आइतबार

कोरियामा पानीजहाज बनाउने कामका लागि लिइएको परीक्षामा ९८.३ प्रतिशत विद्यार्थी पास

पुस १३, २०८०
काठमाडौं
कोरियामा पानीजहाज बनाउने कामका लागि लिइएको परीक्षामा ९८.३ प्रतिशत विद्यार्थी पास

दक्षिण कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि दिइएको सिप परीक्षणको परीक्षामा तीन हजार ९८९ जना (९८.३ प्रतिशत) उत्तीर्ण भएका छन् ।

सिप बिल्डिङमा जानका लागि चार हजार ५४ जनाले परीक्षा दिएकामा सो सङ्ख्या उत्तीर्ण भएका हुुन् । कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका प्रमुख गुरुदत्त सुवेदीका अनुसार यसभन्दा अघि एक हजार जना सिप बिल्डिङमा गइसकेका छन् । सिप बिल्डिङको रोस्टरमा अब ५० जना मात्रै बाँकी छन् ।

सो शाखाका अनुसार उत्तीर्ण भएकाहरू पनि अब  स्वास्थ्य  परीक्षणपछि  रोस्टरमा  रहन्छन्  र  उनीहरू रोजगारदाताको छनोटपछि दक्षिण कोरिया जान पाउने छन् ।

पछिल्लो समय कोरिया रोजगारीका लागि युवाको आकर्षण बढ्दै गएको छ । कोरियामा पारिश्रमिक  तथा  सेवासुविधा  राम्रो  भएका  कारण  युवाको आकर्षण बढेको इपिएस शाखाका प्रमुुख सुवेदीले जानकारी दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्