०२ असार २०८३, मंगलबार

जीप दुर्घटनामा मालिकको मृत्यु

पुस १३, २०८०
बाजुरा
जीप दुर्घटनामा मालिकको मृत्यु

बाजुराको गौमूल गाउँपालिका नजिकै मालिवनमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जीप गएराति मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए  । 

उनका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन्  । जीप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्