२६ असार २०८३, शुक्रबार

रावणको मृत्यु भएपछि पत्नी मन्दोदरीको हालत कस्तो रह्यो ?

कात्तिक २०, २०७४
रावणको मृत्यु भएपछि पत्नी मन्दोदरीको हालत कस्तो रह्यो ?

 रामायणकी एक पात्र मन्दोदरीको बारेमा धेरै थाहा हुन सकेको छैन । स्वर्णमयी लंकाकी रानी मन्दोदरी रावणकी पत्नीका रूपमा सीमित रहिन् ।


रावणको मृत्युपछि उनको अध्याय पनि लगभग समाप्त भयो । यहाँ हामी मन्दोदरीको कथा भन्दैछौं ।

रावणको वध भएपछि मन्दोदरी रणभूमिमा पुग्छिन् । त्यहाँ पति र पुत्रका साथसाथै अन्य नातेदारको शव देखेर उनी शोकमा डुब्छिन् ।

त्यसपछि श्रीरामले उनलाई ‘अब तपाईं लंकाकी महारानी हुनुभयो’ भनेपछि मन्दोदरी लंका फर्किन्छिन् ।

वाल्मीकीय रामायणमा प्रस्ट नलेखिएपनि किंवदन्तीअनुसार, पति र पुत्रको शोकका कारण मन्दोदरीले आफूलाई महलमा बन्द गराउँछिन् । उनले संसारसँग सम्पर्क तोड्छिन् । त्यसैबीच विभीषणले राजगद्दी सम्हाल्छन् ।

धेरै वर्षपछि मन्दोदरी महलबाहिर निस्कन्छिन् र विभीषणसँग विवाह गर्न तयार हुन्छिन् । विवाहपश्चात् मन्दोदरीले विभीषणसँग मिलेर लंकाको साम्राज्यलाई सही तरिकाले अघि बढाउँछिन् ।

मन्दोदरीको जन्मका सम्बन्धमा एउटा कथा भेटिन्छ ।

एकचोटि मधुरा नामक एक अप्सरा कैलाश पर्वत पुग्छिन् र देवी पार्वतीलाई त्यहाँ नदेखेपछि भगवान् शिवलाई आफूतर्फ आकर्षित गर्ने कोशिश गर्छिन् ।

त्यतिखेरै माता पार्वती त्यहाँ पुग्नुहुन्छ र क्रोधमा आएर अप्सरालाई १२ वर्षसम्म भ्यागुतो बनेर इनारमा बस्नुपरोस् अनि कुरूप हुनुपरोस् भनी श्राप दिनुहुन्छ ।

भगवान् शिवले माता पार्वतीलाई खुशी तुल्याएर अप्सरालाई श्रापबाट मुक्त गराउन आग्रह गर्नुहुन्छ । त्यसपछि माता पार्वतीले कठोर तप गरेपछि मात्र आफ्नो वास्तविक स्वरूपमा आउन सक्ने बताउनुहुन्छ ।

मधुरा लामो समयसम्म तप गरेर बस्छिन् ।

यसैबीच मयासुर र उनकी पत्नी हेमाले पुत्रीप्राप्तिका लागि तपस्या गर्छन् । मधुरा पनि कठोर तपस्यापछि श्रापमुक्त हुन्छिन् ।

एउटा इनारबाट मयासुर र हेमाले मधुराको आवाज सुन्छन् । मयासुरले उनलाई इनारबाट बाहिर निकाल्छन् र छोरीका रूपमा ग्रहण गर्छन् ।

मयासुरले छोरीको नाम मन्दोदरी राख्छन् । पछि उनको विवाह रावणसँग हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्