०२ साउन २०८३, शनिबार

भ्रष्टाचारसम्बन्धी छानबिन निष्कर्षमा नपुग्दै रोकिने प्रवृत्तिको अन्त्य हुनुपर्छ : मन्त्री गुरुङ​​​

पुस १३, २०८०
स्याङ्जा
भ्रष्टाचारसम्बन्धी छानबिन निष्कर्षमा नपुग्दै रोकिने प्रवृत्तिको अन्त्य हुनुपर्छ : मन्त्री गुरुङ​​​
फाइल फोटो

कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्ने बताएका छन् ।

भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुने गरेको भन्दै उनले यसलाई अझ दरिलो तरिकाले अगाडि बढाउनुपर्ने बताए ।

नेपाल प्रेस युनियन स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले छानबिन प्रक्रियाप्रति आफू पूर्णरुपमा सन्तुष्ट नरहेको बताए । ‘भ्रष्टाचार, तस्करी, सुनकाण्डलगायतका विषयमा जब छानबिन शुरू हुन्छ तब ठूला मान्छेको नाम जोडिन्छ अनि निष्कर्षमा पुग्न नपाउँदै रोकिन्छ, यो प्रवृत्तिको अन्त्य हुनुपर्छ, दोषी जोसुकै भए पनि सजायको भागीदार हुनैपर्छ’, उनले भने ।

मन्त्री गुरुङले गठबन्धनमा रहेका पार्टीको स्वीकृतिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनःगठन गर्नसक्ने बताए । मन्त्रीहरूको कामको मूल्याङ्कन तथा पार्टीको स्वीकृतिमार्फत मन्त्रिपरिषद् पुनःगठन हुनसक्ने उनको भनाइ थियो । 

‘प्रधानमन्त्रीको सोचअनुसार काम गर्नसक्ने मन्त्रिमण्डलमा अटाउनु हुन्छ’, उनले भने, ‘सोअनुसार काम गर्न नसक्ने बिदा हुनुहुन्छ ।’ 

मन्त्रिमण्डल पुनःगठन गर्दा गठबन्धनमा सहभागी भएका राजनीतिक दलहरूको सहमतिबाटै हुने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्