०९ साउन २०८३, शनिबार

बालकुमारी घटनापछि कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

पुस १३, २०८०
काठमाडौं
बालकुमारी घटनापछि कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
फाइल फोटो

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले ललितपुरको बालकुमारीमा मन्त्री सवार गाडीमा आगजनी र प्रदर्शनकारीको मृत्यु भएको घटना गम्भीर भएको बताएको छ ।

पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीले उठाएका मागका विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

‘कोरियाली भाषा परीक्षासम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारी स्थित ईपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ । नेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ’ विज्ञप्तिमा उल्लेख छ, ‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ ।’​​

कांग्रेसले हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन अपिल पनि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्