
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ लम्बिएको छ ।
सरकारवादी मुद्दा भएका कारण सरकारी वकिलहरूले जवाफी बहस सके पनि पीडित (गौशाला २६) पक्षका वकिलहरूले समेत जवाफी बहस गर्न पाउनुपर्ने माग गरेपछि सुनुवाइ लम्बिएको हो ।
पीडित पक्षको मागपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले पीडित पक्षका वकिललाई बढीमा १०-१० मिनेट समय तोकेर जवाफी बहस गर्न दिएका छन् ।
यसअघि सुनुवाइका क्रममा न्यायाधीश ढकालले सन्दीप र पीडित किशोरी गएको होटलको सीसीटीभी फूटेज मगाएर हेरेका थिए ।
करिब १० मिनेट लगाएर न्यायाधीश ढकालले सीसीटीभी फूटेज हेरेको एक कानून व्यवसायीले बताए ।
जवाफी बहस सकिएर आजै फैसला आउने सम्भावना रहेको उनको भनाइ छ ।