२४ जेठ २०८३, आइतबार
सन्दीप लामिछानेविरुद्धको मुद्दा

जिल्ला अदालतको आदेश– पीडित नाबालिग होइनन्, तर करणी गरेको भने देखियो

पुस १३, २०८०
काठमाडौं
जिल्ला अदालतको आदेश– पीडित नाबालिग होइनन्, तर करणी गरेको भने देखियो

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।

यद्यपि सजाय निर्धारण हुन बाँकी रहेकाले पुस २५ गतेका लागि अर्को पेसी तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले​ जबरजस्ती करणीको अभियोगमा शुक्रवार सन्दीपलाई दोषी ठहर गरेको हो ।

तर, उमेर विवादमा भने पीडित (गौशाला २६) बालिग (१८ वर्ष पूरा भएको) भइसकेको ठहर अदालतले गरेको  छ।

वारदात हुँदाको दिन 'गौशाला २६' १८ वर्ष पूरा भइसकेको तर, सन्दीपले नाजुक आर्थिक अवस्थाको समेत फाइदा उठाइ करणी गरेको देखिएको फैसलामा उल्लेख छ ।

अब सन्दीपले नाबालिग बलात्कारभन्दा वयस्क व्यक्तिलाई बलात्कार गरेको कसूरमा सजाय पाउनेछन् ।

सन्दीपले २०७९ भदौ ५ गते गौशालाको एक होटलमा लगेर जबरजस्तीकरणी गरेको भन्दै भदौ २१ गते एक किशोरीले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका पुगेका थिए । त्यसपछि असोज २० गते नेपाल फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

शुरूमा काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछाने उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका थिए ।

उच्च अदालतले विदेश जान रोक लगाएकोमा सर्वोच्च अदालतले क्रिकेट खेल्न अनुमति लिएर विदेश समेत जान सक्ने आदेश गरेको थियो ।

काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको करिब १४ महिनापछि आदेश आएको हो ।

salt training

कमेन्ट गर्नुहोस्