२१ जेठ २०८३, बिहीबार

बाराबाट ३ जना भैँसी चोर पक्राउ

पुस १३, २०८०
काठमाडौं
बाराबाट ३ जना भैँसी चोर पक्राउ

बाराबाट प्रहरीले भैँसी चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर २४ का रामराज चौधरीको गोठबाट भैँसी चोरेर लगिँदै गरेको अवस्थामा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पथलैया चोकबाट भैँसी चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको हो । 

चोरीमा संलग्नहरुले बा.प्र. ०३–००१ च १४०५ नम्बरको पिकअपमा लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्