१० असार २०८३, बुधबार

डेंगु रोग नियन्त्रणका लागि २० वटा टोली परिचालन

कात्तिक २०, २०७४
डेंगु रोग नियन्त्रणका लागि २० वटा टोली परिचालन

धादिङ, १७ असोज– जिल्ला स्वास्थ्य कार्यालय, धादिङले जिल्ला सदरमुकाम, धादिङबेँसी र आसपासका क्षेत्रमा डेंगु फैलिएर महामारीको रुप लिएपछि नियन्त्रण गर्न २० वटा टोली परिचालन गर्ने भएको छ ।

सोमबार बसेको जिल्ला स्वास्थ्य कार्यालयमा महामारी नियन्त्रण विभागको टोली र जिल्लाका सरोकारवालाहरुको बैठकले २० टोली परिचालन गरी डेंगु नियन्त्रण गर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठले जानकारी दिए ।

धादिङ जिल्लामा एक साताको अवधिमा २० भन्दा बढी बिरामी जिल्लामा उपचार हुन नसकी काठमाडौँ पठाइएको र केही बिरामी जिल्लामै उपचारका क्रममा रहेका छन् ।

डेंगु नियन्त्रणका लागि प्रत्येक घरमा स्वस्थ्यकर्मीको टोली पुग्ने र लामखुट्टे बस्ने ठाउँको अवलोकन गरी विषादी छर्ने गरी स्वास्थ्यकर्मी विद्या तामाङको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाइएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्