१४ असार २०८३, आइतबार

पशुपतिमा जयशंकर, परिसरमा वृक्षारोपण

पुस २०, २०८०
काठमाडौं
पशुपतिमा जयशंकर, परिसरमा वृक्षारोपण

भारतीय विदेशमन्त्री एस जयशंकर पशुपतिनाथको दर्शन गरेका छन् । आज बिहान पशुपतिनाथ मन्दिर पुगेर उनले दर्शन एवं पूजाअर्चना गरेका हुन् । 

पशुपति मन्दिर परिसरमा उनले रुद्राक्षको एउटा बोट पनि रोपेको पशुपति क्षेत्रविकास कोषले जनाएको छ ।  उनलाई पशुपति क्षेत्र विकास कोषका पधाकिारीले स्वागत गरेका थिए ।

null

उनले आजै त्रिवि पुस्तकालय तथा भुकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन कार्यक्रम छ । 

दुई दिने भ्रमणका लागि बिहीबार उनी नेपाल आए थिए । जयशंकरले भ्रमणका क्रममा बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न राजनीतिक दलका प्रमुखरहरूसँग भेटवार्ता गरेका थिए ।

नेपाल र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर पनि बिहीबार नै भएको थियो ।

जयशंकर आजै दिउँसो साढे १२ बजे स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भारत संयुक्त आयोगको बैठकका लागि विदेशमन्त्री जयशंकर हिजो काठमाडौं आएका हुन्। उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुसँग हिजै भेटवार्ता गरेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्