२७ असार २०८३, शनिबार

रेडियोकलर जडान गरे पनि ध्रुवे हात्तीले आतङ्क मच्चाउन छाडेन, बिहीवार मात्रै ४ घर भत्कायो

पुस २०, २०८०
चितवन
रेडियोकलर जडान गरे पनि ध्रुवे हात्तीले आतङ्क मच्चाउन छाडेन, बिहीवार मात्रै ४ घर भत्कायो
फाइल फोटो

चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुनः आतङ्क मच्चाउन थालेको छ । ध्रुवेले बिहीवार बस्तीमा पसेर ४ घर भत्काएको छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए । 

बुधवार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीवार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो । 'अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको हो', उनले भने ।

हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ । रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उनले बताए ।

हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उनले जानकारी दिए । 

हात्तीलाई बस्ती पस्न नदिनका लागि स्रोत, साधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भए पनि रोक्न नसकिएको उनले बताए ।

हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्