०४ साउन २०८३, सोमबार
सफाइ पाए प्रचण्डले

अदालतको अपहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ

पुस २०, २०८०
काठमाडौं
अदालतको अपहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशबाट उनले शुक्रवार सफाइ पाएकाे सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले अदालतको फैसलालाई लिएर सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर भएको थियो ।

द्वन्द्वकालीन मुद्दाबारे २०७३ जेठमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिका कारण उनीमाथि अदालतको अपहेलना मुद्दा लागेको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले अदालतको अवहेलना भएकाले कारबाहीको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

साे बेला व्यक्ति हत्याको आरोपमा माओवादी कार्यकर्ता छविलाल अधिकारी पक्राउ परेका थिए । त्यही आक्रोशमा प्रचण्डले शान्ति प्रक्रियाविरुद्ध अदालत अघि बढ्दैछ भनी ‘विवादास्पद’ अभिव्यक्ति दिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्