×

NMB BANK
NIC ASIA

एमालेको सचिवालय बैठक

ओलीले राष्ट्रियसभामा सत्ता गठबन्धनसँग भागबण्डा गर्न खोजेपछि एमालेभित्रै विरोध

गठबन्धनभित्र पनि विरोध, बस्न सकेन बैठक

काठमाडाैं | पुस २०, २०८०

NTC
Sarbottam
च्यासलमा शुक्रवार बसेको सचिवालय बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओली ।
Premier Steels
Marvel

राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनसँग मिल्न खोजेको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का शीर्ष नेताले नै विरोध जनाएका छन् । 

Muktinath Bank

पछिल्लो केही दिनयता एमाले अध्यक्ष केपी ओलीकै आग्रहमा सत्ता गठबन्धनले राष्ट्रियसभामा भाग दिन खोजेको विषय बाहिरिएपछि एमालेभित्रै विरोध भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रियसभाका उम्मेदवार चयन गर्न शुक्रवार बसेको सचिवालयको बैठकमा पनि ओलीले सत्ता गठबन्धन दलसँग भएको छलफलबारे बैठकलाई सामान्य जानकारी गराएका थिए । तर प्रमुख प्रतिपक्षी दल नै कमजोर भएर सत्ता गठबन्धनसँग मिल्न जान खोजेको विषयमा विरोध भएको एक नेताले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

‘हामीले माग गरे अनुसारको पाइने भए पनि एउटा कुरा हो, तर सत्ता गठबन्धनले दिने दुई–तीन सिटको लोभमा प्रमुख प्रतिपक्षी हुनुको पहिचान नै गुमाउनु हुँदैन भन्ने हाम्रो मत छ,’ बैठकमा सहभागी भएका एक नेताले लोकान्तरसँग भने, ‘यसपछि अध्यक्षले जानकारी मात्रै गराएको भन्नुभयो । सत्ता गठबन्धनसँग भागबण्डा लिएर जाँदा कार्यकर्ता र नागरिकलाई दिने जवाफ हामीसँग हुँदैन ।’ 

Vianet communication
Laxmi Bank

ती नेताका अनुसार सरकार र सत्ताको विरोध गर्दा प्रतिपक्षी धार नै कमजोर हुने बताए । 

‘हामी गठबन्धनले जताततै समस्या नित्म्याएको छ भनेर भाषण गर्दै हिँडेका छौं, तर हामी नै उसै गठबन्धनसँग मिलेर चुनाव लड्नु कति व्यावहारिक होला ?’ ती नेताले भने, ‘बैठकमा अधिकांश सचिवालय सदस्य सत्ता गठबन्धनसँग मिलेर होइन एक्लै चुनाव लड्छुपर्छ भन्नेमा हुनुहुन्छ ।’ 

null

बैठकपछि महासचिव शंकर पोखरेलले पनि प्रदेशबाट सिफारिस भएर आएका नामबारे छलफल भएको र १९ वटै सिटमा उम्मेदवारी दिने जानकारी दिए । 

‘प्रत्येक क्लस्टरमा तीन जनाको नाम सिफारिस गर्न अनुरोध गरेका थियौं । हामीले क्लस्टरवाइज नामका बारेमा छलफल गर्यौ । कतिपय क्लस्टरको प्रमााणीकरण गर्नुपर्ने छ । आज प्रारम्भिक छलफल गर्यौं’ पोखरलले भने, ‘प्रमाणित हुने–नहुने जे भए पनि २३ गते १९ वटै ठाउँमा उम्मेदवारी दर्ता तयारी गरेका छौं ।’

एमालेलाई राष्ट्रियसभामा भागबण्डा दिने विषयले सत्ता गठबन्धन दलभित्रै विवाद उत्पन्न गरेको छ । प्रधानमन्त्रीले एमालेलाई सहमतिमा ल्याउन चाहेका छन् । नेपाली कांग्रेसकै संस्थापनले पनि विरोध गर्न सकेको छैन । तर कांग्रेसको इतर पक्ष र नेकपा (एकीकृत समाजवादी)ले भने आपत्ति नै जनाएको छ । 

यो विरोधपछि बिहीवार साँझ बस्ने भनिएको कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र)को बैठक शुक्रवार पनि बस्न सकेन । गठबन्धनभित्रै विरोध भएपछि एमालेलाई बोलाएर प्रधानमन्त्रीले शुक्रबार पनि छलफल नगरेका हुन् । 

यसअघि लेखा समितिबाहेक तीनवटा समितिको सभापति प्रतिपक्षीलाई दिएर शान्ति प्रक्रिया, अघि बढ्न बाँकी विधेयकमा प्रधानमन्त्रीले एमालेको साथ खोजेका थिए । यसै परिपेक्षमा राष्ट्रियसभामा पनि केही सिट दिएर विश्वासमा लिने उनको तयारी छ । तर विरोधको स्वर भित्र र बाहिर दुवैतिर उत्तिकै छ । 

‘अहिले राष्ट्रियसभामा एमालेलाई भागबण्डा मात्रै दिने भन्ने होइन । हिजो लेखा समितिबाहेक एमालेलाई संसदीय समितिको तीनवटा सभापति दिइयो । तर पनि एमालेले संसद्मा सहयोग गर्ने नीति लिएन । एक वर्षमा एउटा मात्रै विधेयक पास हुने परिस्थिति एमालेबाटै बनेको हो,’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनिकट स्रोतले भन्यो, ‘भागबण्डा मात्रै भन्दा पनि सदनलाई प्रभावकारी विजनेस दिने, संघीय संरचनाका कामलाई अगाढि बढाउने, बन्न बाँकी कानूनमा सहयोग गर्ने, शान्ति प्रक्रियाको टीआरसी विधेयकमा सकारात्मक पहलकदमी लिने हो भने मात्रै एमालेलाई राष्ट्रिय सभामा सँगै लाने कुरा भएको हो । तर पदमात्रै लिने सहयोग नगर्ने अवस्थाले हुँदैन । उ इमान्दार भएमात्रै भाग दिने कुरा प्रधानमन्त्रीको हो ।’

यसैबीच राष्ट्रियसभाकै विषयमा छलफल गर्न कांग्रेसले पनि शनिबार दिउँसो बस्नेगरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

माघ ११ हुने १९ राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि २३ पुसमा उम्मेदवारी दर्ताको कार्यक्रम छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x