×

NMB BANK
NIC ASIA

एमालेको सचिवालय बैठक

एमालेले सरकारलाई भन्योः भारतसँग के–के सहमति भयो जानकारी पाँऊ

काठमाडाैं | पुस २०, २०८०

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा के–के सहमति भएको हो जानकारी गराउन सरकारसँग माग गरेको छ । 

Muktinath Bank

प्रमुख प्रतिपक्षीलाई पनि जानकारी नगराइ सरकारले भारतसँग सहमति गरेको आरोप एमालेले लगाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बसेको सचिवालयको बैठकले यस्तो माग गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘सत्तापक्षले प्रतिपक्षीलाई विश्वासमा लिनुपर्ने हो । यसरी उच्चस्तरको भ्रमण हुँदा प्रमुख प्रतिपक्षीलाई जानकारी गराउनुपर्ने हो । तर सरकारले यस्तो केही नगराएको विषयमा हामीले आलोचना गरेका छौं,’ महासचिव पोखरेलले बैठकपछि सञ्चारकर्मीहरूसँग भने, ‘भारतीय विदेशमन्त्री आउँदा के–के विषयमा सहमति भयो स्पष्ट पारिएन । यसैले सहमति भएका विषयमा स्पष्ट पार्न माग गरेका छौं ।’ 

Vianet communication

पोखरेलले नेपालको बजेटलाई कमजोर पार्ने विदेशी सहयोग स्वीकार्न नहुनेमा पनि सरकारको ध्यानाकर्षण गराएको छ । ‘नेपालको बजेटलाई कमजोर पार्ने काम हुनु हुँदैन । वैदेशिक सहायता बजेट प्रणालीमा पर्नुपर्छ,’ पोखरेलले भने । 

सर्लाहीको बरथहवामा एक जनाको ज्यान जानेगरी भएको घटनाप्रति पनि आफूले गम्भीर चासो व्यक्त भएको एमालेले जनाएको छ । 

‘सर्लाहीको बरथहवामा हाम्री मेयर कल्पनाकुमारी कटवाल नगर अस्पतालको क्षमता विस्तारबारे गर्न लागेको छलफलमा सत्तापक्षका कार्यकर्ताले हुलदंगा गरे । प्रहरीले बल प्रयोग गर्दा एक जनाको मृत्यु भएको छ,’ पोखरेलले भने, ‘सत्तापक्षबाटै अराजकता देखाइयो । सर्लाही घटनाको क्षतिप्रति दुःख व्यक्त गर्दै यसपछिको अवस्थालाई तत्काल नियन्त्रण गर्न जनताको जिउधनको सुरक्षा गर्न हामी सरकारसँग माग गर्दछौं ।’


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x