३१ असार २०८३, बुधबार

आईपीएल : आज कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिड्दै, विजेता सिधै फाइनल पुग्ने

जेठ ८, २०८१
काठमाडौं
आईपीएल : आज कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिड्दै, विजेता सिधै फाइनल पुग्ने

इन्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत मंगलबार हुने आज हुने पहिलो क्वालिफायर्समा कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । यो खेलको विजेता सिधै फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोलीले इलिमिनेटर खेल्नेछ ।

खेल अहमदाबादमा राति पौने आठ बजे शुरू हुने छ । अहमबादमा कोलकत्ताले ६७ प्रतिशत खेल जितेको छ । हैदराबाद भने पहिलो जितको खोजीमा छ ।

कोलकत्ताले आठ र हैदराबादले सात पटक प्लेअफमा स्थान बनाएका छन् । प्लेअफमा पनि कोलकत्ता नै धेरै खेल जित्ने टोली बनेको छ । लिग चरणको भेटमा कोलकत्ताले हैदराबादलाई चार रनले पराजित गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्