
देशमा सुशासन कायम गराउने गृह मन्त्रालयका कर्मचारीहरू आफूखुशी मन्त्रालय जाने गरेको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले आइतबार गरेको छड्के अनुगमनका क्रममा मन्त्रालयमा बिदा स्वीकृत नगराइ ९ जना कर्मचारीहरू अनुपस्थित रहेको पाइएको हो ।
त्यसै गरी ३४ जना कर्मचारीहरू १०:१५ पछि अर्थात् ढिलो गरी कार्यालय पुगेको पाइएको सतर्कता केन्द्रले जनाएको छ ।
त्यसै गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ७ जना अनुपस्थित, ७ जना ढिलो उपस्थित भएको पाइएको थियो । सोही मन्त्रालयमा ४ जना कर्मचारीहरू कार्यकक्षमा नभेटिएको तथा ९ जना कर्मचारीहरूले तोकिएको पोशाक नलगाएको पाइएको थियो ।
त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा २ जना कर्मचारी ढिला उपस्थित भएको तथा २ जना तोकेको पोशाक नलगाएको अवस्थामा भेटिएका सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले जनाएका छन् ।
त्यसै गरी परराष्ट्र मन्त्रालयमा १० जना कर्मचारीहरू ढिलो उपस्थित भएको तथा ९ जना तोकिएको पोशाक नलगाइ कार्यालयमा उपस्थित भएको पाइएको केन्द्रले जनाएको छ ।
यस्तो छ सूची