२५ जेठ २०८३, सोमबार

तराईका केही स्थानमा हुस्सु र कुहिरो: दुई प्रदेशमा हल्का हिमपातको सम्भावना

पुस २१, २०८०
काठमाडौं
तराईका केही स्थानमा हुस्सु र कुहिरो: दुई प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्