×

NMB BANK
NIC ASIA

नयाँ फिल्ममा देखिँदैनन् खलनायक

पुराना 'हिरो'हरू सुस्ताउँदा 'भिलेन' गुमनाम !

काठमाडाैं | पुस २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली चलचित्रमा ‘भिलेन’ (खलपात्र)को रूपमा ख्याति कमाएका थुप्रै अभिनेताहरू पछिल्लो समय गुमनाम छन् । एक समय प्रायः जसो चलचित्रमा डरलाग्दो रूपमा देखिने खलपात्रहरू पछिल्लो समय पर्दामा देखिन छाडेका हुन् । केही अभिनेताहरू एकाध चलचित्रमा देखिए पनि पहिलेजस्तो भूमिकामा आएका छैनन् ।

Muktinath Bank

नेपाली चलचित्रका ‘खलपात्र’ भन्नेबित्तिकै धेरैको दिमागमा आउने नाम हो, सुनील थापा । बलिउड हुँदै नेपाली चलचित्रमा आएका सुनीलले सयौँ चलचित्रमा अभिनय गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दुई कदम’को एक दृश्यमा सुनील थापा । यो चलचित्र गत महिना प्रदर्शनमा आएको थियो ।


Advertisment
Nabil box
Kumari

‘चिनो’ चलचित्रमा ‘राते काइँला’ नामक पात्रको भूमिकामा प्रस्तुत भएयता सुनील निकै खोजिने अभिनेताका रूपमा स्थापित भएका थिए । उक्त चलचित्र प्रदर्शनमा आएको वर्षौँ भए पनि अहिले पनि उनलाई ‘राते काइँला’ भनेर चिन्नेहरू थुप्रै छन् । कुनै समय दिनमा चारदेखि पाँचवटा चलचित्रमा समेत काम गर्न भ्याउँथे उनी । 

Vianet communication
Laxmi Bank

यद्यपि, केही वर्षयता उनी चलचित्रमा पहिलेजस्तो सक्रिय छैनन् । उनलाई दर्शकले पहिलेजस्तो ‘खतरनाक खलपात्र’का रूपमा नदेखेको पनि धेरै भइसक्यो । उनी पछिल्लो समय ‘प्रेम गीत ३’ र ‘दुई कदम’लगायत चलचित्रमा देखिएका थिए, यद्यपि यी चलचित्रमा उनी पहिले प्रस्तुत हुनेजस्तो भूमिकामा छैनन् । 

चलचित्रमा ‘डरलाग्दो खलपात्र’का रूपमा ख्याति कमाएका अर्का अभिनेता हुन् मुकुन्द थापा । ४० को दशकबाट चलचित्रमा पाइला चालेका उनी ‘मजदुर’मा ‘खलपात्र’को भूमिकामा प्रस्तुत भएपछि निकै खोजिने र व्यस्त अभिनेता मध्येमा परे । 

मैदान’मा भीमसेन खत्री नामक ‘खलपात्र’को भूमिका निर्वाह गरेपछि भने उनलाई धेरैले सोही नामले समेत चिन्न थाले । अहिले पनि आफूलाई कतिपयले मुकुन्द थापाभन्दा भीमसेन खत्री भनेर चिन्ने गरेको उनी बताउँछन् । तर, चलचित्रको पर्दामा मुकुन्द ‘खलपात्र’को रूपमा नदेखिएको झण्डै ८ वर्ष भइसक्यो । 

‘लुटेरा’ चलचित्रको एक दृश्यमा अभिनेता निखिल उप्रेती र मुकुन्द थापा ।

उनी पछिल्लो समय चलचित्र ‘लुटेरा’मा अभिनेता निखिल उप्रेतीका साथ देखिएका थिए । चलचित्रबाट सुस्ताएका उनी पछिल्लो समय बरु टेलिसिरियलमा देखिँदै आएका छन् । ‘भद्रगोल’सँगै ‘भाविको लेखान्त’ टेलिसिरियलमा उनी देखिने गरेका हुन् । 

खलपात्र’को भूमिकामा ख्याति कमाएका अर्का अभिनेता उमेश खड्का पनि पछिल्लो समय चलचित्रमा देखिएका छैनन् । उनी अभिनीत प्रदर्शनमा आएको पछिल्लो चलचित्र पनि ‘लुटेरा’ नै हो । त्यसपछि उनले ‘अघोरी’ नामक चलचित्रमा काम गरेका थिए । यद्यपि, यो चलचित्रको काम बीचमै रोकिन पुगेको थियो । 

सुनील थापा, मुकुन्द थापा, उमेश खड्का मात्र होइनन्, एक समय खलपात्रका रूपमा जमेका थुप्रै अभिनेताहरू पछिल्लो समय चलचित्रको पर्दाबाट सुस्ताएका छन् । 

चलचित्रमा ‘खलपात्र’को भूमिकामा निक्कै ख्याति कमाएका अर्का अभिनेता सुशील पोखरेल पनि पहिलेजस्तो सक्रिय छैनन् । उनले पछिल्लो समय एकाध चलचित्रमा अभिनय गरेपनि भूमिका पहिलेजस्तो छैन । 

खलपात्रको भूमिकामा एक समय ख्याति कमाएका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पनि दर्शकले चलचित्रमा पहिलेजसरी नदेखेको धेरै वर्ष भइसकेको छ । 

मुकुन्द्र श्रेष्ठ, हेमन्त बुढाथोकी, विजय देउजा, राजीव मानन्धर, युवराज लामा, टीका पहारी, मुरलीधर, रमेश बुढाथोकी, पुस्कर भट्ट, रवी गिरी, संघरत्न महर्जन, नन्दु श्रीवास्तव, नागेन्द्र रिजाल, कमलकृष्ण लगायतका खलपात्रको भूमिकामा जमेका अभिनेताहरू पनि पछिल्लो समय चलचित्रको पर्दाबाट सुस्ताएका छन् । 

खलपात्रको रूपमा जमेका अभिनेताहरू सुस्ताउनु पछाडिको कारण के होला ? अभिनेता मुकुन्द थापा भन्छन्– ‘मलाई ‘लुटेरा’पछि अफर नै नआएको चाहिँ होइन, थुप्रै चलचित्रबाट अफर आएको थियो । तर, मैले गरिसकेका भन्दा कमजोर भूमिकामा अभिनय गर्न उचित लागेन । धेरै चलचित्र छाडेँ । यद्यपि, मुख्य कारण चाहिँ एक्सन चलचित्रहरू बन्न कम हुँदै जानु नै हो ।’ 

मुकुन्द प्रायः राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, रमित ढुंगानालगायत स्टार अभिनेताहरू भएको चलचित्रमा खलपात्रको भूमिकामा देखिन्थे । यी अभिनेताहरू अभिनीत प्रायः चलचित्रमा फाइट (द्वन्द्व) का दृश्यहरू समावेश हुन्थे । सामाजिक र पारिवारिक कथामा चलचित्रमा पनि कही फाइटका दृश्यहरू समावेश गरिन्थ्यो । 

आफ्नो समयका अभिनेताहरू चलचित्रबाट सुस्ताएसँगै एक्सन चलचित्र निर्माणको क्रम घटन पुगेको र त्योसँगै आफूहरूको व्यस्तता पनि कम भएको मुकुन्दले बताए । 

एक्सन चलचित्र निर्माण नहुँदा आफूहरूको व्यस्तता घट्नु स्वभाविक रहेको उनको धारणा छ । ‘एक समय रोनाधोना, फाइट, कमेडी सबै मसला मिसिएको चलचित्रहरू खुबै चले । एक समय फेरि लभस्टोरी चलचित्रहरू निकै चले । एकसमय एक्सन चलचित्रहरूको लहर आयो । त्यो समय एक्सन चलचित्रहरू बबाल चले,’ लोकान्तरसँग उनले भने, ‘अहिले फेरि कमेडी वेशका चलचित्रहरू बढी चलिरहेका छन् । आशा, गरौं आउँदा दिनमा फेरि एक्सन चलचित्रहरू आउलान् ।’ 

उनी केही समकालीन सहकर्मीसँग मिलेर एक्सन चलचित्र निर्माण गर्ने सोँच बनाएको र त्यसमा छलफल भइरहेको समेत बताउँछन् । यद्यपि, अहिले देखिएको आर्थिक मन्दीका कारण निर्णय लिइहाल्ने आँट नआएको उनको भनाइ छ । अरु कतिपयले एक्सन चलचित्र बनाउन खोजिरहे पनि अहिलेको माहोलले डराइरहेको मुकुन्द बताउँछन् । 

पहिले चलचित्रमा अभिनेता (हिरो)को मानक फरक थियो । हिरो हुन अग्लो ज्यान, मिलेको सुगठित शरीर, आकर्षक अनुहार हुनुपर्छ भन्ने थियो । सुगठित ज्यान भएका अभिनेतासँग भिडाउन उनीहरूलाई सुहाउँदो खालका खलपात्र प्रस्तुत गर्नुपथ्र्यो । त्यतिबेला खलपात्रमा आवरण, उनीहरूको आचरण र उनीहरूले देखाउने अनेक हर्कतलाई चलचित्रमा प्राथमिकता दिइन्थ्यो । अर्थात, त्यतिबेला खलपात्र देख्दा नै डर लाग्ने खालका हुनुपथ्र्यो । 

यद्यपि, पछिल्लो समय दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की लगायतको उदयसँगै अभिनेताको मानक बदलियो । अभिनेतासँगै खलपात्रको मानक पनि बदलिँदै गयो । अहिले डरलाग्दो शरीर भएका मात्र होइन, चलचित्रभित्र गलत सोच भएको क्यारेक्टर पनि ‘खलपात्र’को रूपमा प्रस्तुत भइरहेका हुन्छन् । त्यसमाथि, पछिल्लो समय केही चकलेटी अभिनेताहरू पनि जमिरहेका छन् । उनीहरू प्रायः लभस्टोरी चलचित्रमा रमाइरहेका छन् । 

अभिनेता उमेश खड्का पनि मुकुन्द थापाका कतिपय कुरामा सहमत छन् । ‘कोरोनापछि चलचित्र बन्ने क्रम कम भएको छ । त्यसमा पनि एक्सन चलचित्र बन्न धेरै घटेको छ,’ उमेशले भने, ‘हामी प्रायः फाइट सिन भएका चलचित्रमा देखिँदै आएका थियौं । त्यसप्रकारका एक्सन चलचित्र निर्माण घटेसँगै हाम्रो उपस्थिति पनि घट्नु स्वभाविक हो ।’ 

धेरै वर्षपछि एक म्युजिकल ड्रामाको सुटिङमा अभिनेता राजेश हमाल र उमेश खड्का ।

अहिले थिएटरबाट उदाएका र चकलेटी अनुहारका नयाँ पुस्ताका अभिनेताहरूको चलचित्र बढी चलिरहेका छन् । उमेशले अगाडि थपे, ‘राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, रमित ढुंगाना जस्ता अभिनेताहरूले पछिल्लो समय चलचित्र खेलिरहनुभएको अवस्था छैन । उहाँहरूले चलचित्र नखेलेपछि हामीहरू पर्दामा देखिन स्वतः कम भयो ।’ उनी पछिल्लो समय चलचित्रबाट अफर पुग्न धेरै नै कम भएको स्वीकार्छन् । यद्यपि, कतिपय चलचित्रहरूमा चित्त नबुझेका कारण काम नगरेको उनी दाबी गर्छन् । 

पछिल्लो पुस्ताका अभिनेताहरू आफूहरूको अगाडि निकै सानो देखिने हुनाले पनि उनीहरूसँग सहकार्यका लागि आफूहरूलाई अफर नआएको हुनसक्ने उमेश बताउँछन् । 

पछिल्लो समय भारतमा एक्सन जनराका चलचित्रहरू सुपरहिट भइरहेका छन् । भारतीय एक्सन चलचित्रले नेपालमा पनि बम्पर व्यापार गरिरहेका छन् । यद्यपि, नेपालमा भने निर्माता/निर्देशकले एक्सन जनराका चलचित्र निर्माण गर्न किन डराइरहेका छन् भन्नेमा आफू सोचमग्न रहेको उमेशले बताए । दर्शकहरूले आफूलाई एक्सन खालका चलचित्रबाटै रुचाएका कारण आउँदा दिनमा पनि त्यस्ता चलचित्रमा काम गर्ने चाहना रहेको उनले बताए । 

अभिनेता राजेश हमालको चलचित्रमा फर्किने चर्चा चलेको धेरै भइसकेको छ । रमित ढुंगानाले चलचित्र निर्माणको घोषणा गरेको पनि धेरै भइसकेको छ । निखिल उप्रेतीले पनि आफू चलचित्र निर्माणको तयारीमा रहेको बताएका छन् । विराज भट्टले ‘१२ गाउँ’ नामक चलचित्र निर्माणको घोषणा गरिसकेका छन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x