गोरखा, १७ असोज– गुडिरहेको कारले बालिकालाई ठक्कर दिँदा गोरखा नगरपालिका–१३ की चार वर्षीया बालिका मेविसा गुरुङको मृत्यु भएको छ ।
बा १ ज ४३४९ नंको कारले आँबुखैरेनी–गोरखा सडकखण्डको तीनकिलोमा सोमबार बेलुकी बालिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । घाइतेलाई उपचारका लागि पोखरातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।