फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवल | पुस २१, २०८०
बुटवल उपमहानगरपालिका– ६ का ४५ वर्षीय केशव पुन मगर आजभन्दा दुई दशकअघि लागुऔषध प्रयोगको कुलतमा फसेका थिए । उनको जीवन विस २०५० देखि २०६० सम्म एक दशक कुलतमै बित्यो । त्यो बेला उनले कुलतबाट मुक्त भएर साधारण जीवनमा फर्किन्छु भन्ने कल्पनासमेत गरेका थिएनन् । साथीभाइको लहैलहैमा लागेर स्कूले जीवनबाटै लागुऔषधको कुलतमा फसेका केशवको मानसपटलमा सो बेला भोगेका घटना अहिले पनि ताजै छन् ।
‘म १० वर्ष लागुऔषधको कुलतमा फसेँ, । यसले गर्दा बीचमै पढाइ छुट्यो । ५ पटकसम्म पोखरा र काठमाडौंका सुधार केन्द्र पनि बसेँ तर, लत छाड्न सकिनँ । छैठौं पटकमा ५ महिनासम्म काठमाडौंको नवकिरण सुधार केन्द्रमा बसेँ कुलत छाडन सकेँ,’ विगत सम्झँदै केशव भन्छन्, ‘डोज पूरा भएपछि अबदेखि खान्न भन्ने भावना आउँछ । फेरि कम भएपछि तलबल लागेपछि फेरि कसरी खाने भन्ने सोचाइ हुन्छ । रक्सी, गाजा, क्याप्सुल, ब्राउन सुगर हुँदै इन्जेक्सनबाट समेत लागुऔषधि लिइयो ।’
कुलतको दलदलमा फसेका केशव अहिले आफूले जस्तै बाटो रोजेका युवालाई सुर्धान सक्रिय छन् । केशवसहितका युवा जुटेर अहिले कपिलवस्तुमा राजेश आस्था फाउन्डेसन सञ्चालन गरी युवालाई नयाँ जीवन दिन जुटेका छन् । यो अवधिमा केशवले दुव्र्यसनीमा नराम्रेरी फसेका करिब ५०० युवालाई सुधार केन्द्रबाट सेवा दिइरहेका छन् । केशव अहिले कपिलवस्तुको सुधार केन्द्रलाई बुटवलमै सारेर यहीँबाट सेवा शुरू गर्ने तयारीमा छन् ।
बुटवल–८ का ४२ वर्षीय सुमन हितान पनि कुनै बेला लागुऔषध प्रयोगकर्ता थिए । १० वर्ष लागुऔषधको कुलतमा फसेका उनले सो क्रममा धेरै सास्ती भोगे । आफू मानसिक तनाव र दबाबले थिचिँएको उनी स्मरण गर्छन् । प्लस टू पढ्दाताका कुलतकै कारण उनको पढाइ छुट्यो । अभिभावकको आँखा छल्दै लागुऔषधलाई अम्मली बनाइरहेका कारण अध्यययनमा आफ्नो मन नगएको उनी बताउँछन् । उनलाई साथीभाइले शुरूमा मादक पदार्थ सेवन गर्न सिकाए ।
‘स्कूल पद्दैखेरी मैले मदिरा पिउन शुरू गरेँ । विस्तारै प्रतिबन्धित ट्याबलेट र गाँजा सेवन गर्न थालेँ,’ उनी भन्छन्, ‘एसएलसीपछि साथीभाइको संगतले कुलतमा नराम्रोसँग फसेँ । यसले गर्दा पढाइ छुट्यो ।’
अति भएपछि सुमन पोखरा र चितवनका सुधार केन्द्रमा बसे र १० वर्षदेखिको कुलतबाट मुक्त भए । उनै सुमन अहिले भने लागुऔषधको कुलत छोडेर आफूजस्तै त्यसैमा फसेकाहरूलाई उद्दार गर्दै हिँड्छन् । आस्था समूहमा ‘अफिसर’को रूपमा काम गर्छन् उनी । सुमन अहिले लागुऔषधको दुव्र्यसनीमा फसेकालाई पाठ पनि सिकाउँछन् ।
अहिले उनी निर्माण फाउण्डेसन गु्रप, पश्चिम नवलपरासीमा कार्यरत छन् । लागुऔषध ‘सिरिन्ज’बाट लिनेहरूलाई नयाँ जीवन दिलाउन सक्रिय छन् । उनी एचआईभीको ‘प्रिमिन्सन’ दिने गर्छन् । सिरिन्ज साटेर लागुऔषध लिनेलाई रगतसम्बन्धी रोगको जोखिम बढी हुने भएकोले उनले रिहाब सेन्टरमा बसेकाहरूलाई पनि प्रशिक्षण दिने गरेका छन् ।
कुलतको समयमा बिग्रिएका अनेक कुरादेखि पढाइलाई पनि ‘रिकभर’ गर्न सफल भए सुमन । ‘प्लस टु’ उतीर्ण गरिसकेका उनी अहिले एमबीए गर्दैछन् । ‘खराब साथीको संगत हुनु पनि पीडा रहेछ,’ उनी भन्छन्, ‘विगतमा जे–जे भए पनि अहिले नयाँ जीवनपछि खुसी छु । विगत सम्झेर होइन, भविष्यको कल्पनामा रमाएको छु । सुधार केन्द्रमा आएकालाई नयाँ जीवन जिउने तरिका सिकाउँछु । आफ्नो भोगाइ सुनाउँछु । र, पुनर्जीवनमा लाग्न सुझाव दिन्छु ।’
अहिले सुमनमा धनी हुने कुनै चाहना छैन । उनले युवालाई पुनर्जीवन दिने चाहना मनभरि पालेका छन् । यही नै काफी भएको उनी सुनाउँछन् । सुमन विगतलाई धिक्कारेको र वर्तमानप्रति गर्व गरेको बताउँछन् । लगातार १० वर्षसम्म लागुऔषध सेवन गर्दा पैसा अभावसँगै, परिवार र समाजबाट पनि अपहेलना सहेको उनी अझै पनि सम्झन्छन् ।
बुटवल– ११ का २५ वर्षका युवा हुन् वसन्त क्षेत्री । साथीभाइ र आफ्नै व्यवहारका कारण उनी पनि १५ वर्षको उमेरमै कुलतमा फसे । १ पटकको कुलत सँधैलाई हुँदैन भन्ने सोचाइलाई प्रमाणित गर्दै उनले जीवनमा ‘युटर्न’ लिन सफल भए । ८ वर्ष लगभग बेहोसी रुपमै नसामा लागेका उनी अहिले छाडेर बुटवलकै बेलबासमा ‘एडिक्सन रेस्क्यू’ नेपाल सञ्चालन गरेर बसेका छन् । उनले कुलतका लागेकाहरूको जीवन परिवर्तन गराइराखेका छन् । वसन्तले अहिले कुलतमा फसेका युवालाई समाजमा पुनस्र्थापित गर्न अभियन्ताको भूमिकामा आफूलाई व्यस्त गराएका छन् । उनीको नेतृत्वको रिहाब सेन्टरमा २३ जना रहेका छन् । ‘कुलत छाडेपछि पनि जीवन जीउन सकिने रहेछ भन्ने मैले बुझेँ,’ उनी भन्छन्, ‘लागुऔषधले जीवन र स्वास्थ्यलाई धेरै हानी गर्यो । त्यसैको क्षतिपूर्तिस्वरूप अहिले आफूसँगै अरुलाई पनि सुधार्ने काममा लागेको हुँ ।’ वसन्तले सुधार केन्द्रमा अहिले कुलतमा फसेका युवाहरूलाई योग र ध्यान जस्ता विधि र खानेकुराबाट प्रशिक्षण दिँदै आइरहेका छन् ।
वसन्तले एसएलसी उतीर्ण गरेपछि पढाइ छोडेका थिए । उनले अहिले कुलतमा फसेकालाई प्रशिक्षण दिँदै पढाइ पनि सँगसँगै लगिरहेका छन् । बीएचएम गर्दैछन् । ‘एक पटकका लागि चाखौं भन्दा मजस्ता युवा धेरै कुलतमा फसेका छन्,’ वसन्त भन्छन्, ‘एकपटक फसेपछि एडिक भइन्छ, चाखौं भन्दाभन्दै कुलतमा डुबिसकेको पत्तो नै हुँदैन । त्यसैले गलत संगतबाट टाढै बस्नुपर्छ ।’
पूर्वलागुऔषध प्रयोगकर्तालाई लत छुटाउन जति गाह्रो हुन्छ, नशामुक्त जीवन बिताइरहन पनि चुनौतीपूर्ण हुने वसन्तको अनुभव छ । यही बुझेर उनी लागुऔषधमुक्त जीवन बिताउन दैनिक समयतालिका नं बनाएर अघि बढिरहेका छन् । साथै गतल संगत पनि छोडेका छन् ।
‘विगतको गल्तीलाई भुलेर समाजमा जीवनमा चामत्कारिक परिवर्तन आउने पनि थुप्रै भेटिन्छन् । कुलतमा फसेका युवालाई परिवर्तन ल्याउन सुधार केन्द्र त खुलेकै छन्, थुप्रै अभियान्ता र सामाजिक संस्थाका प्रतिनिधि पनि लागेका छन्,’ उनी भन्छन्, ‘कतिपय लागुऔषधको कुलतमा फसेकाले चारैतिरबाट ‘हन्डर’ खाएपछि मात्र आँखा खुलेको पाइएको छ ।’
नेपाल प्रहरीका पछिल्लो समय धेरै नेपाली युवा पुस्ता लागुऔषधमा फसेका छन् । बुटवललगायतका शहरी क्षेत्र लागुऔषध ओसारपसारको केन्द्र बन्ने गरेका छन् । विशेषगरी शहरी क्षेत्रकै युवा कुलतमा लाग्ने गरेका घटना धेरै देखिएका छन् । त्यसबारे अभिभावकहरू पनि चनाखो बन्नुपर्ने प्रहरीले बताउँछ । शहरउन्मुख गाउँमा पनि लागुऔषध प्रयोगकर्ता फैलिँदै गएका छन् । यसले गाउँमा पनि समस्या निम्त्याउने खतरा देखिएको सरोकारवालाहरू औँल्याउँछन् ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...