२८ जेठ २०८३, बिहीबार

छुरा र खुकुरी प्रहारबाट दुई घाइते

कात्तिक २०, २०७४
छुरा र खुकुरी प्रहारबाट दुई घाइते

मोरङ, १७ असोज– मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा गएराति छुरा प्रहारबाट एक युवक घाइते भएका छन् ।

लिंगे पिङ खेल्नेक्रममा विवाद हुँदा पिङ खेल्न आएका अपरिचित ३०÷३५ जनाको समूहले सोही स्थान बस्ने भोला थापाका २० वर्षीय छोरा मदन थापामगरलाई राति १२ः१५ बजे छुरा प्रहार गरेको स्थानीयवासीले बताएका छन् ।

छुरा प्रहारबाट घाइते मगरलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।

यस्तै, मोरङकै बूढीगंगा गाउँपालिका–२ गंगाचोक बस्ने १९ वर्षीय राकेशकुमार झा खुकुरी प्रहारबाट घाइते भएका छन् ।

उनलाई सोही ठाउँका १८ वर्षीय सुमितकुमार झाले सामान्य विवाद हुँदा साँझ ७ बजेतिर खुकुरी प्रहार गरेका थिए । घाइते राकेशको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने सुमितलाई इलाका प्रहरी कार्यालय, निमुवाले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्