२४ जेठ २०८३, आइतबार

झापाको बाहुनडाँगीमा तरुल उत्सवको तयारी, १६ केजीको सिमल तरुल पनि प्रदर्शनीमा राखिने

पुस २१, २०८०
झापा
झापाको बाहुनडाँगीमा तरुल उत्सवको तयारी, १६ केजीको सिमल तरुल पनि प्रदर्शनीमा राखिने
फाइल फोटो

झापाको बाहुनडाँगीमा स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको छ । आगामी माघ १ गते मेचीनगरमा तरुल उत्सव हुन लागेको हो ।

मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले वडाले गत वर्षदेखि उत्सवको आयोजना गर्न थालेको बताए । परम्परागत रूपमा सबै समुदाय र भूगोलका नेपालीले खाने तरुलका विभिन्न प्रजाति उत्सवमा प्रदर्शनी गरिने उनले जानकारी दिए ।

'हाम्रा परम्परागत खानेकुरामा तरुलको ठूलो महत्व छ । मानव जातिले जङ्गली जीवनदेखि नै तरुल, गिठ्ठा र भ्याकुर खाएर सभ्यतालाई अघि बढाएका थिए', वडाध्यक्ष कार्कीले भने, 'हामीले अग्र्यानिक र ग्रामीण खानेकुराको संरक्षण र प्रचारमा सबैको ध्यान जाओस् भनेर उत्सवको आयोजना गरेका हौं ।'

उनले कमल गाउँपालिका–२ समयगढका किसान कर्णबहादुर गुरुङले फलाएको एउटै १६ केजीको सिमल तरुलसमेत प्रदर्शनमा राखिने जानकारी दिए ।​

वडाध्यक्ष कार्कीका अनुसार उत्सवमा घर, वन, सिमल, सिठुनीलगायत विभिन्न प्रजातिका तरुल राखिने छन् ।

salt training

कमेन्ट गर्नुहोस्