
विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सिन्धुलीको दुधौली नगरपालिका-६ लालभितीस्थित कमला खोला किनारमा सोही नगरपालिका-१ गिजिहानी बस्ने ५३ वर्षीय भिमनाथ अधिकारी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पर्वतको जलजला गाउँपालिका-४ स्थित कालीगण्डकी नदीको किनारमा म्याग्दी वेनी नगरपालिका-७ शान्तीटोल बस्ने ६० वर्षीया प्रमिला जोशी शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी झापाको शिवसताक्षी नगरपालिका-१० माईधारस्थित कन्काई खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले शनिबार जानकारी दिएको छ ।